जुरीख। तामाङ समाज स्विट्जरल्याण्डले गत वर्षहरूमा झैं यस वर्ष पनि तामाङ समुदायको नयाँ वर्ष ‘सोनाम ल्होसार’ विशेष कार्यक्रमका साथ मनाउने भएको छ। मञ्जुश्री सम्वत २८६१ डुल (सा मुख्री ल्हो) को अवसर पारेर आगामी फेब्रुअरी ८, २०२५ शनिवारका दिन Schulhausweg 9, 5406 Rütihof मा विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमसहित भव्यरूपमा मनाइने भएको हो।

कार्यक्रम दिउँसो ठीक १२:०० बजे सुरु भई राति २१:०० बजेसम्म चल्नेछ। तामाङ समुदायको मौलिक परम्परा झल्काउने सांस्कृतिक प्रस्तुति, विशेष नेपाली खानाका परिकारहरू तथा साङगीतिक कार्यक्रमले सोनाम ल्होछारको उल्लासलाई थप बढाउने आयोजक समितिले जनाएको छ।

तामाङ समाज स्विट्जरल्याण्डले सबै नेपाली समुदायलाई कार्यक्रममा सहभागिताका लागि हार्दिक निमन्त्रणा गरेको छ।

यस विशेष अवसरमा सहभागी भई नेपाली कला, संस्कृति र परम्परालाई जगेर्ना गर्ने कार्यक्रममा हातेमालो गर्न आयोजकहरूले सबैलाई अनुरोध गरेका छन्।

प्रवेश शुल्क: ३५ स्वीस फ्रान्क र १२ बर्ष भन्दा मुनिका लागि निशुल्क

कार्यक्रम विवरण:

१२:०० – १३:०० बजे: लामाद्वारा विशेष पूजा तथा ठु ग्रहण कार्यक्रम।
१३:०० – १४:०० बजे: आपेरो कार्यक्रम।
१४:०० – १५:०० बजे: औपचारिक कार्यक्रम।
१५:०० – १७:०० बजे: लाइभ सांगीतिक तथा सांस्कृतिक प्रस्तुति।
१७:०० – १८:०० बजे: खानाको कार्यक्रम।
१८:०० – २१:०० बजे: लाइभ सांगीतिक प्रस्तुति तथा डिजे कार्यक्रम।

भिडियो लिंक.

https://www.facebook.com/1686841765/videos/977183147668703/

Previous articleसंसदीय दलको नेता चयनका लागि रास्वपाको सचिवालय बैठक बस्दै
Next articleस्विट्जरल्याण्डमा तामाङ समाजद्वारा भव्यरुपमा सोनाम ल्होसार सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here