जुरिख। जुरिख नेपाली स्पोर्ट्स क्लब (ZNSC) स्विट्जरल्याण्डले भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। खेलको माध्यमद्वारा स्वीसबासी नेपालीलाई एकतावद्व बनाउन क्लवले सेप्टेम्बर १५ मा प्रतियोगिता गर्ने भएको हो।

यही आउदो २७ अक्टोबर मा अष्ट्रियामा हुन गईरहेको युरोपस्तरीय भलिबल प्रतियोगिताका लागि स्विट्जरल्याण्डबाट खेलाडीहरु छनोट गर्ने मुख्य उदेश्यले भलिबल प्रतियोगिता आयोजना गरेको र जुरिखमा हुने प्रतियोगिता उक्त दिन १० बजे देखी खुला चौरमा हुने आयोजकले जनाएको छ।

समयमा नै आफ्नो नाम दर्ता गराउन आयोजक समितिले अनुरोध गरेको छ।

जुरिख नेपाली स्पोर्ट्स क्लबले प्रतियोगिता सम्बन्धी  प्रकाशित गरेका नियमहरु :

१, कार्यक्रम उल्लेखित समयमा नै हुनेछ।

२, कार्यक्रममा भाग लिन सम्पुर्ण क्लब तथा अन्य टिम का खेलाडीहरुले पनि भाग लिन पाउनेछन। खेल प्रचलित नियम बमोजिम खेलाइने छ।

३, प्रति भलिबल टीमले २००।- स्वीस फ्रान्क तिर्नु पर्ने छ।

४, भलिबलमा बिजय हासिल गर्ने पहिलो बिजेतालाई स्वीस फ्रान्क 500- दोस्रो बिजेता हुनेलाइ स्वीस फ्रान्क 300- राखिएको छ

५, खेलमा भाग लिन आउने सम्पुर्ण आगन्तुक खेलाडी साथीहरू तथा आगन्तुक पाहुनाहरुलाइ स्पेसल ग्रील तथा अन्य परिकारहरुले स्वागत गरिने छ भने साधारण पिउने तथा खानामा कुनै शुल्क लाग्ने छैन अल्कोहलिक पदार्थको भने शुल्क तिर्नु पर्ने छ।

बाकी जानकारीको लागि क्लबका अध्यक्ष लोकेन्द्र राना मगर फोन नम्बर-0764546762 मा सम्पर्क गर्न अनुरोध गरेको छ।

Previous articleहरितालिका तीज कार्यक्रम बेर्नमा हुने
Next articleडा. बिनयको नेतृत्वमा युरोपका नेपाली स्वास्थ्यकर्मी संगठित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here