जुरीख। जुरीख नेपाली स्पोर्ट्स क्लब (ZNSC) स्विट्जरल्याण्डको आयोजनामा यहि जुलाइ ६ शनिवारको दिन जुरीखमा तेर्सो पिङ्ग पोङ्ग प्रतियोगिता सम्पन्न भएको छ।

प्रतियोगितामा सिङ्गल तर्फ जुरीखका केशव लिम्बुलाई पराजित गर्दै बासेलका प्रविन मगरले प्रथम स्थान हात पारेको छ भने डबल तर्फ जुरीखका दल पुर्जा पुन र केशब लिम्बु लाई पराजित गर्दै आशिष कान्छा र आइमो प्रथम भएका छन्।

 

सिङ्गल तर्फ पहिलो हुनेलाई ३०० स्वीस फ्रान्क र दोस्रो हुनेलाई १५० स्वीस फ्रान्क र डबलमा पहिलो हुनेलाई १५० स्वीस फ्रान्क र दोस्रो हुनेलाई १०० स्वीस फ्रान्क नगद सहित ट्रफी र प्रमाण-पत्र प्रदान गरिएको छ।

जुरीखको Max-Bill-Platz मा सम्पन्न भएको तेर्सो पिङ्ग पोङ्ग प्रतियोगितामा सिङ्गल तर्फ १३ जना र डबल तर्फ ६ टिमको सहभागिता रहेको थियो। गोलाप्रथा गरि सुरु गरिएको खेल नकआउट प्रणालिमा खेलाइएको थियो।

महिला तर्फ एन्जेला लासेन प्रथम हुँदा दोर्सोमा जाल माया बुधाथोकी दोस्रो भएकी छिन्। रुपा थापाले सान्त्वना पुरस्कार प्राप्त गेरेकी छिन्।

कार्यक्रममा सहभागी भै पिङ्ग पोङ्ग प्रतियोगिता लाई सफल बनाइदिनु हुने सम्पुर्ण क्लबका पधाधिकारीहरु, खेलाडीहरु तथा खाना तथा अन्य सबै कुरारुमा सहयोग गर्ने सम्पुर्ण महानुभावहरु लाई जुरीख नेपाली स्पोर्ट्स क्लबले धन्यबाद व्यक्त गरेको छ।

 

Previous articleएनआरएनए स्विट्जरल्याण्डको आयोजनामा “बोक्सीको घर” प्रदर्शन
Next articleस्विट्जरल्याण्डको सर्गन्स संस्कृति महोत्सवमा नेपाली ब्यान्डको प्रस्तुति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here