जुरीख। यही आउदो २ नोभेम्बर शनिवारको दिन जुरीखमा तिहार कार्यक्रम हुने भएको छ। प्रवासी भूमिमा मनाइने तिहार कार्यक्रमलाई आकर्षक बनाउन नेपालबाट चर्चित गायक मिलन लामा आउने भएको छ।

Silber Kugel, Bleicherweg 33, 8002 Zürich हुने तिहार कार्यक्रम १७:०० बजे देखि सुरु हुने र कार्यक्रमको ‍प्रवेश शुल्क ३५ स्वीस फ्रान्क र १२ बर्ष मुनिका लाई निशुल्क प्रवेश रहेको छ।

तिहार कार्यक्रम लाई रमाइलो बनाउन देउसी भैलो र स्थानीय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जानकारी गराएको छ।

कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गराउन र बाकी जानकारीको लागि आयोजक राम कुमार महत्तोले ०७६ ५८६ ५४ ५६ मा सम्पर्क गर्न अनुरोध गरेको छ।

Previous article‘प्रवासीको देश हुन्न’ बारे स्पेनमा अन्तरसंवाद
Next articleएस.एन.एच.पी.ई र नेपाल चिकित्सक संघ बीच सम्झौता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here