जुरीख। गैर आवासीय नेपाली र नेपालीहरुबाट प्रबर्द्धित संस्थाले नेपाली बैंकमा मुद्दती एवं बचत खाता खोल्न सक्ने भएको छ।

नेपाल राष्ट्र बैंकको  मिति २०६८।०८।१४ को पत्र अनुसार गैर आवासीय नेपाली र नेपालीहरुबाट प्रबर्ध्दित संस्थाले नेपाली बैंकमा आमेरिकी डलर, युरो,  पाउण्ड स्टर्लिङ्, अष्ट्रेलियन डलर, जापानी येन र चिनियाँ युआनमा मुद्दती एवं बचत खाता खोल्न सक्ने, बिदेशी मुद्रामै आफ्नो बचत लैजान सक्ने एवं न्युनतम ५००० अमेरिकी डलर वा सो बराबरको बचत गर्न सकिने व्यवस्था गरिएको छ।

जेनेभा स्थित नेपाली राजदूतावासका प्रथम सचिव सृजना अधिकारीले यस बिषयमा गैर आवासीय नेपालीहरुलाई जानकारी गराई दिनु हुन अनुरोध गर्दै गैर आवासीय नेपाली संघ, स्विट्जरल्याण्डका अध्यक्ष शुभ एल्मर लामालाई ई-मेल मार्फत जानकारी दिएको हो।

नेपाल सरकार परराष्ट्र मन्त्रालय र नेपाल राष्ट्र बैंक पत्र यस प्रकारको छ।

Previous articleस्विट्जरल्याण्डमा घरघरमा देउसी -भैलो
Next articleएनआरएनएको विवाद मिलाउन शेष घलेको संयोजकत्वमा उच्चस्तरीय समिति गठन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here