नेपाली डायस्पोरा अन्तरगत यूरोपेली देशहरुमा कार्यरत नेपाली चिकित्सकहरुको संस्था एस.एन.एच.पी.ई र नेपाल चिकित्सक संघ बीच सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको छ । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सोसाइटी अफ नेप्लिज हेल्थ प्रोफेसनल इन युरोप (एस.एन.एच.पी.ई ) का अध्यक्ष डा. विनय श्रेष्ठ र चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले त्यस सम्बन्धी ६ बुँदे सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
दुई संस्थाबीचमा भएको उक्त सम्झौतामा दुई संस्थाका बीचमा अनुसन्धान परियोजनामा सहकार्य गर्ने, शैक्षिक कार्यक्रमका लागि मेडिकल विद्यार्थी तथा रेजिडेन्टहरु आदानप्रदान गर्ने र आवश्यक सूचना, स्रोत र प्रकाशनहरु आदानप्रदान गर्ने उल्लेख गरिनुका साथै व्यवसायिक क्षमता अभिवृद्धि गर्ने खालका बिभिन्न गोष्ठी, सेमिनार लगायतका कार्यक्रममा सहकार्य गर्ने, प्राथमिकताका विषयमा संयुक्त रुपमा वकालत गर्ने पनि उल्लेखि गरिएको छ । ।