जुरीख। गैर आवासीय नेपाली संघ, स्विट्जरल्याणडको आयोजनामा आइतबार स्टाउफेनमा नेपाली चलचित्र “बोक्सीको घर” प्रदर्शन गरिएको छ।

चलचित्र हेर्नको लागि स्विट्जरल्याण्डको बिभिन्न शहरहरु बाट नेपालीहरु को बाक्लो उपस्थिति रहयो।

गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डले “एक एनसीसी एक परियोजना” र जुन २०२५ मा अमेरिकाबाट लन्च हुने पिको स्याटेलाइट २ को सहयोगाअर्थको लागी चलचित्र प्रदर्शन गरेको हो।

संघले चलचित्र “बोक्सीको घर” प्रदर्शनबाट ६०० स्वीस फ्रान्क मुनाफा गरेको छ।

गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डका आईसीसी सदस्य शुभ एल्मर लामाले स्विट्जरल्याण्डमा मा पनि नेपाली चलचित्र प्रदर्शनले निरनतरता पाउन सक्दा खुसी व्यक्त गरिन्। “म लाई यो बोक्सीको घर मुभि एकदमै राम्रो लाग्यो। नेपलामा अझै पनि यस्तो किसिमको घटना घटेको सुनिरहेको छु र समाचार मा पढिरहेको छु। बोक्सीको आरोपमा मलमुत्र खुवाउने आफन्तबाटै बलात्कार हुने लगायतका अपराध नेपालमा निर्मुल भएकै छैन। अझै मैले भन्नु पर्दा नेपालको दुर्गम ठाँउहरुमा बोक्सीको घर जस्तो मुभि देखाउने हो भने यस बाट राम्रो शिक्षा लिन सकिन्छ।“ उनले बताईन्।

नेपाली चलचित्र ‘बोक्सीको घर’ मा महिलालाई बोक्सीको आरोप लगाएर समाजले उनीहरूमाथि गर्ने शोषणको कथालाई मुख्य विषय बनाइएको छ।

सुलक्षण भारतीले निर्देशन गरेको बोक्सिको घर चलचित्रमा केकी अधिकारी, सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतले यस फिल्ममा अभिनय गरेका छन्।

Previous articleजुरीखमा हुने तेर्सो पिङ्ग पोङ्ग प्रतियोगिताको तयारी पुरा
Next articleजुरीखमा तेर्सो पिङ्ग पोङ्ग प्रतियोगिता सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here