बेर्न। गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डको १४औं वार्षिक साधारण सभा यही आउँदो १२ नोभेम्बर शनिवारको दिन बासेलमा हुने भएको छ।

वार्षिक साधारण सभा लाई संगीतमय बनाउनको लागि गायक तुलसी शिवाकोटि कार्यक्रममा सहभागी हुने भएका छन्।

दिनको १३:०० बजे आपेरो बाट सुरु हुने संघको वार्षिक साधारण सभाको समापन लगतै गायक तुलसी शिवाकोटिको सांगीतिक कार्यक्रम प्रस्तुत गरिने आयोजकले जनाएको छ।

स्थान Johanneskirche und Gemeindehaus, Mülhauserstrasse 145, 4056 Basel मा हुने कार्यक्रमको को प्रवेश शुल्क निःशुल्क रहेको र साँझको नेपाली खाना र पिय पदार्थ भने शुल्क रहेको संघका प्रवक्ता यम काउचा मगर जानकारी गराए।

संघको वार्षिक साधारण सभामा उपस्थित भई कार्यक्रम लाई सफल बनाई दिनु हुन संघले हार्दिक अनुरोध गरेको छ।

Previous articleस्विट्जरल्याण्डमा घरघरमा देउसी-भैलो निरन्तरता
Next articleएनआरएनएए स्विट्जरल्याण्डको १४औ वार्षिक साधारण सभा सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here