बेर्न। गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डले सदस्यताको लागि आवेदन खुल्ला गरेको छ। आजकै मितिबाट खोलिएको सदस्यता दर्ता प्रक्रिया ११ जुन २०२१ सम्म खुल्ला गरिएको संघले जनाएको छ।

एनआरएनएको ग्लोबल वेबसाइट https://members.nrna.org/signup मा गएर हरेक सदस्यले आफ्नो विवरण भरी शुल्क ३० स्विसफ्रान्क तिरेपछि एनआरएन स्विट्जरल्याण्डको सदस्यको रूपमा आफूलाई दर्ता गर्न सक्छन्। तर, आफ्नो १ प्रति पासपोर्ट साइजको फोटो र स्विट्जरल्याण्डको हकमा एउटा फोटो भएको आफ्नो परिचय खुल्ने किसिमको प्रमाण पनि पेश गर्नु पर्नेछ।

सदस्यता दर्ता सम्बन्धी कुनै समस्या वा जानकारी चाहिएमा संघका अध्यक्ष शिव शुब्बा, उपाध्यक्ष शुभ एल्मर लामा वा महासचिव कृष्ण शिवाकोटी लाई सम्पर्क गर्नु हुन संघले अनुरोध गरेको छ।

गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डले ११ जुलाई २०२१ आइतबारको दिन बेर्नमा साधारणसभा निर्वाचन गराउने निर्णय गरेको छ।

संघ द्वार प्राप्त पत्र जस्ताको तस्तैः

Previous articleओलीका दुई विकल्प: राजीनामा वा अविश्वासको सामना
Next articleस्पेनमा पिस कन्फेरेन्स हुँदै, राष्ट्रिय सभाका अध्यक्ष सहितको टोलि आउदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here