विगत २ वर्ष कोरोनाको महामारीको कारणले अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रम स्थगित गरेता पनि यस वर्ष भने गैर आवसीय नेपाली संघ महिला फोरम स्विटजरल्याण्डले एक कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय नारी दिवस मनाउने भएको छ।
“Gender equality today for a sustainable tomorrow” भन्ने मूल नाराका साथ आगामी ०५ मार्च शनिवारका दिन कान्टोन बेर्न Gemeinschaftszentrum der Kirchgemeinde Petrus, Jupiterstrasse 15, CH 3015 Bern मा ११२ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाउन लागिएको हो।

नेपाली दूतावास स्विट्जरल्याण्डका लागि राजदूत मनि प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न हुने उक्त कार्यक्रममा आकर्षक सांगितिक कार्यक्रम आयोजना गरी मनाउने भएको छ।

अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल पारिदिनुहुनका लागि एनआरएनए महिला फोरम स्विट्जरल्याण्डका संयोजक चम्फा ज्ञावली रुकस्टुलले हार्दिक आह्वान गरेको छ।

सहभागिताका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको कार्यक्रममा खानाको लागि २५ स्वीस फ्रान्क तिर्नु पर्ने छ भने विद्यार्थी एवं १२-१६ वर्षका बालबालिकाहरुका लागि भने १५ स्वीस फ्रान्क तिर्नु पर्ने व्यवस्था गरिएको छ।

कार्यक्रम सम्बन्धी सम्पूर्ण विवरण तल दिइएको छ :

Previous articleसोनाम ल्होसार मनाउँदै स्विट्जरल्याण्डमा तामाङ समाज गठन
Next articleस्विट्जरल्याण्डमा ११२ औ अन्तराष्ट्रिय महिला दिवस मनाईयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here