बासेल। गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डको १४औ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ। स्वीसवासी गैर आवासीय नेपालीहरुको उपस्थितिमा बासेल सहरमा भव्यताका साथ कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै स्विट्जरल्याण्डका लागि नेपाली राजदूत मणीप्रसाद भट्टराईले एनआरएनएका गतिविधिहरुको मुक्तकण्ठले प्रशंसा गरे। कोरोना कहरको समयमा एनआरएन स्विट्जरल्याण्डले गरेको कामको प्रशंसा गर्दै राजदूत भट्टराईले दूतावास सदैव सहकार्य गर्न तयार रहेको बताए।

मन्तव्यकै क्रममा स्वीसनेपालली समाजका अध्यक्ष मार्कुस रुकस्टुलले मन्तव्य व्यक्त गरेका थिए

वार्षिक साधारण सभाले कोषाध्यक्ष राकेश प्रजापतिले प्रस्तुत गरेको आयव्यय सर्वसम्हत रुपमा पारित गरेको छ।

कार्यक्रममा स्विस निवासी रामकुमार दासलाई सम्मान गरिएको थियो। ‘स्टाफ नर्सको रुपमा कार्यरत उनले सन् २०२० मा कोरोना हिरोको उपाधि पाएका थिए। स्थानीय स्तरमा चर्चा बटुलेका उनले ग्राउबुन्डेन प्रदेशको खुर क्षेत्रबाट सांसद पदमा उम्मेदवारी दिएर चर्चा बटुलेका थिए।

यस्तै नेपालमानेपालमै बनेको पहिलो भू उपग्रह ओरियन स्पेसका सञ्चालक राकेश प्रजापतिलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो।

मुना आचार्यको स्वागत मन्तब्यसहित सुरु भएको कार्यक्रममा गायक तुलसी शिवाकोटी लगायत स्थानीय कलाकार नवराज घिमिरे र जित तिलिजाले प्रस्तुति राखेका थिए।

हल व्यवस्थापनमा संघका सचिव जिवन भट्टराई,नेपाली खानाको व्यवस्थापना तारा सापकोटाले गरेका थिए। कार्यक्रममा आईसीसी सदस्य सीमा गौतमले कार्यक्रमहरु समयमा नै सुरु गर्नुपर्ने र हुनुपर्नेमा जोड दिईन्।

संघकी अध्यक्ष शुभ एल्मर लामाको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन महासचिव कृष्ण प्रसाद शिवाकोटिले गरेका थिए।

Previous articleएनआरएनए स्विट्जरल्याण्डको १४औं वार्षिक साधारण सभा संगीत मय हुने
Next articleजुरीखमा माघे संक्रान्ति कार्यक्रम हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here