१२ मे २०१६, स्विटजरल्याण्ड। मे १४-१५, २०१६ मा बासेलमा आयोजना हुने ईनासको युरोपेली क्षेत्रिय बैठक, चौंथो युरोपेली नृत्य र प्रथम गायन प्रतियोगितामा ईनासका अभियन्ताहरुको सहभागिता रहने भएको छ। नेपाल स्वीस डट कमलाई प्राप्त जानकारी अनुसार ईनास ग्लोबल कमिटिका अध्यक्ष पुष्प बरुवाल (हल्याण्ड), बरिष्ठ उपाध्यक्ष कमला दहाल (जर्मनी), उपाध्यक्ष मित्रलाल पार्दे (पोल्याण्ड), कोषाध्यक्ष राधी क्षेत्रि (ईटाली), सचिव मनिष श्रेष्ठ (युके), ईनास युरोप कमिटिका संयोजक अर्जुन काफ्ले (बेल्जियम), युरोप कमिटिका सह्संयोजकहरु गुणराज शर्मा (स्विटजरल्याण्ड) र सनम कुमार बैराग (युके), सुपेरिवेक्षण तथा अनुगमन उच्च समितिका संयोजक एवं एनआरएनका सल्लाहकार पुष्प थापा (जर्मनी), ईनास मिडिया कमिटिका संयोजक प्रकाश तिवारी (स्पेन) र गीत-संगीत समितिका सहसंयोजक राजमान तमाङ (डेनमार्क) को बासेल कार्यक्रममा सहभागिता रहने छ। त्यसैगरी ईनास युकेका अध्यक्ष सनम कुमार बैराग, डेनमार्कका अध्यक्ष सन्त कुमार थापा मगर, बेल्जियमका अध्यक्ष श्याम श्रेष्ठ, ईटालीका अध्यक्ष दिपेन्द्र भण्डारी, हल्याण्डका अध्यक्ष अर्पण पोख्रेल लगायत युरोप क्षेत्रका ईनासका अन्य राष्ट्रिय समितिका अध्यक्ष, सल्लाहकार र पदाधिकारीहरुको पनि कार्यक्रममा सक्रिय उपस्थिति रहने छ। प्रबासका नेपाली कलाकर्मी र कलाप्रेमीहरुका साथमा हुने ईनासका अभियन्ताहरुको सक्रिय सहभागिताले ईनास युरोप क्षेत्रको भावि कार्यदिशाका बारेमा छलफल गर्दै ठोस योजनाहरु तय हुने आशा गरिएको छ।

Previous articleIntercity Swiss rail prices too high
Next articleजर्मनीको हाम्बर्गमा मह जोडीको कार्यक्रम भव्यताका साथ सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here