बार्सिलोना। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजको (इनास) युरोपस्तरीय नृत्य र गायन प्रतियोगिता जर्मनीमा हुने भएको छ। आउदो अप्रिल १४ र १५ मा म्युनिखमा हुने प्रतियोगितामा युरोपका विभिन्न मुलुकहरुबाट प्रतिभावान कलाकारहरुको सहभागिता रहने इनासले जनाएको छ। प्रत्येक वर्ष आयोजना हुँदै आएको इनासको  युरोपस्तरीय नृत्य प्रतियोगिताको यो आठौँ संस्करण र पाँचौ गायन प्रतियोगिता पनि हो।

बेलायत, फ्रान्स, बेल्जियम, अष्ट्रिया, जर्मनी, डेनमार्क, नेदरल्याण्ड, इटाली, पोल्याण्ड, स्पेन, पोर्चुगल, फिनल्याण्ड, स्विटजरल्याण्ड, चेक गणतन्त्र, नर्वे, आइसल्याण्ड लगायतका मुलुकहरुबाट १८ जना प्रतियोगीहरु छनोट भईसकेको इनास युरोपका संयोजक प्रकाश तिवारीले बताए। ‘ विभिन्न देशहरुमाबाट छनोट चरण पार गरेर आउनेहरुबीच नै फाईनल प्रतिस्पर्धामा हुनेछ। गायनतर्फ ८ जना र नृत्यतर्फ १० जना छनोट हुनुभएको छ। अव उहाँहरुबीच नै  निर्णायक भिडन्त हुनेछ।’ तिवारीले थपे।

नृत्य र गायनतर्फ पहिलो हुनेलाई ८ सय युरो ट्रफी,मेडल तथा प्रमाणपत्र ,दोस्रोलाई पाँच सय र तेस्रो हुनेलाई ३ सय युरो प्रदान गरिने इनासले जनाएको छ।

युरोपका विभिन्न राष्ट्रिय समितिहरुबाट क्षेत्रीय बैठकमा सयौंको उपस्थिति रहने आयोजक राष्ट्र इनास जर्मनीका अध्यक्ष सुनिल गुरुङले बताए।

Previous articleनेपाली नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा जुरीखमा सांगीतिक कार्यक्रम हुने।
Next articleनेपाली नयाँ बर्ष कार्यक्रम जुरीखमा सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here